दिन: बुधबार
सेप्टेम्बरः २९
समयः १०ः १९ बजे
नेपालगन्ज स्थित रामलिला मैदानबाट माउण्टेन एयर हेली टेक अफपछि करिव २ घण्टाको उडान भरेर शसस्त्र प्रहरीको बलम्बु स्थित अस्पताल परिसरमा ल्याण्ड भयो ।
हेलिमा कोभिड–१९ संक्रमित विरामी लिएर क्याप्टेनले उडान भरे । क्याप्टेनले बादललाई छिचोल्दै यात्रा अघि बढाए ।
हेलीले दाङ उपत्यका छिचोल्यो ।कोभिड-१९ संक्रमित मामालाई मैले दाङ कट्यौं भनेर सुनाएँ । मामाबाट (अक्सिजनको पाईप हातले मिलाउँदै) कुन क्षेत्रमा छौं भनेर प्रति प्रश्न आयो मलाई ।
जवाफमा मैले भने–‘यो खुल्ला आकाश हो,हजुरहरुको चुनावी क्षेत्रको जस्तो सिमा बन्धनमा छैनौं हामी ।’ मामा थोरै मुस्कुराउनुभयो ।
हेलिमा सँगै रहेका क्रू मेडिकलु टिमकी एक जना स्वास्थ्यकर्मीलाई एक्कासी बान्ता हुन थाल्यो ।
त्यसै त कोभिड १९ का विरामी मामा अनि हेलिकोप्टर उडानमा क्रू मेडिकलु सदस्यको स्वास्थ्य अचानक विग्रनु । साँच्चिकै यो पटक हेलीमा मन हल्लियो ।
जय होस ।