‘हेलिमा हल्लिएको मन’

    • वसन्त शर्मा

  • १४ आश्विन २०७८, बिहीबार

दिन: बुधबार
सेप्टेम्बरः २९
समयः १०ः १९ बजे

नेपालगन्ज स्थित रामलिला मैदानबाट माउण्टेन एयर हेली टेक अफपछि करिव २ घण्टाको उडान भरेर शसस्त्र प्रहरीको बलम्बु स्थित अस्पताल परिसरमा ल्याण्ड भयो ।

हेलिमा कोभिड–१९ संक्रमित विरामी लिएर क्याप्टेनले उडान भरे । क्याप्टेनले बादललाई छिचोल्दै यात्रा अघि बढाए ।

हेलीले दाङ उपत्यका छिचोल्यो ।कोभिड-१९ संक्रमित मामालाई मैले दाङ कट्यौं भनेर सुनाएँ । मामाबाट (अक्सिजनको पाईप हातले मिलाउँदै) कुन क्षेत्रमा छौं भनेर प्रति प्रश्न आयो मलाई ।

जवाफमा मैले भने–‘यो खुल्ला आकाश हो,हजुरहरुको चुनावी क्षेत्रको जस्तो सिमा बन्धनमा छैनौं हामी ।’ मामा थोरै मुस्कुराउनुभयो ।

हेलिमा सँगै रहेका क्रू मेडिकलु टिमकी एक जना स्वास्थ्यकर्मीलाई एक्कासी बान्ता हुन थाल्यो ।

त्यसै त कोभिड १९ का विरामी मामा अनि हेलिकोप्टर उडानमा  क्रू मेडिकलु सदस्यको स्वास्थ्य अचानक विग्रनु । साँच्चिकै यो पटक हेलीमा मन हल्लियो ।
जय होस ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech