विश्व मुटु दिवस: मुटु स्वस्थ राख्न के गर्ने ?

खानपानमा सुधार, व्यायम, धूमपान मध्यापान नगर्ने, कोलोस्ट्रोल र सुगरलाई कन्ट्रोलमा राख्न सकियो भने मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ ।


    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७८, बुधबार

सन्दर्भः विश्व मुटु रोग दिवस

आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँने गरिन्छ । आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ । नागरिकले केही कुरामा ध्यान दिने हो भने मुटु रोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।

कलिलो उमेरमै किन हुन्छ हार्ट अट्याक ?

तन्दुरुस्त देखिएको व्यक्तिको अचानक मृत्यु हुन्छ । हामी सोध्छौं, ‘के भयो अचानक ?’ जवाफ अक्सर उस्तै हुनेगर्छ, ‘हार्ट अट्याक ।’ अर्थात हृदयघात । मुटुको कार्यसंचालनमा अप्रत्यासित अवरोध पुगेपछि यस्तो अवस्था आउँछ । भनिन्छ, विश्वमा मृत्युको मूख्य कारणमध्ये हृदयघात पनि हो । हृदयघात जसलाई पनि, जतिबेला पनि हुनसक्छ ।

त्यसका पछिल्ला उदाहरणकारुपमा बाँकेका २४ वर्षकै उमेरमा एकजना युवकलाई ह्दयघात भयो । धन्न् समयमै उपचार पाएकाले उनको ज्यान जोगियो । त्यसको एक वर्ष अघि ३२ वर्षका युवकमा पनि ह्दयघात भयो । उनी पनि समयमै उपचार पाएकाले जोगिए ।

किन लाग्छ मुटु रोग ? मुुटुलाई स्वस्थ राख्ने उपाय के हो ? यिनै बिषयमा भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा विकास नेपालसँग कुराकानी गरेका छौ । 

. मुटुका खास कस्ता किसिमका बिरामी अहिले देखिरहेका छन् ?

हाईपरटेन्सन, सुगरजस्ता बिरामीलाई मुटुको समस्या बढी देखिने गरेको पाइएको छ । अर्को कुरा, छाती दुख्नुका साथै छातीमा दवाव महसुस हुने जस्ता समस्या लिएर पनि बिरामीहरु आउने गर्नुभएको छ । त्यस्तै धड्कन सम्वन्धि समस्या लिएरपनि बिरामीहरु आइरहनुभएको छ ।

. पछिल्लो समय कम उमेरकै व्यक्तिमा पनि ह्दयघात भइरहेको देखिन्छ, यो किन भएको हो ?

तपाईले एकदमै सहि भन्नुभयो । पहिले ५० वर्ष नाघेका व्यक्तिहरुमा ह्दयघात हुने गरेको पाइएको थियो । तर अहिले कम उमेर अर्थात कलिलै उमेरका युवाहरुमा ह्दयघात हुने गरेको छ । यसका धेरै कारणहरु छन् । एउटा त बंशानुगत गुण पनि हो । अर्को भनेको अस्वस्थ जीवनशैली नै हो । खानपानमा ख्याल नगर्दा ह्दयघातको जोखिम बढी देखिएको छ ।

कार्वोहाइड्रेड बढी भएका खानेकुरा खाने र बढी चिल्लो र तारेका खाना खाँदा पनि यो समस्या हुन्छ । युवाहरुलाई त धुम्रपानले नै ह्रदयघात बनाइरहेको छ । कम उमेरमै उच्च रक्तचाप र मधुमेहले पनि ह्रदयघात हुने गरेको छ ।

. मुटुमा समस्या भयो भनेर कसरी थाहा पाउने ?

छाती दुख्नु, छातीमा दवाव महसुस भए झै हुन्छ । हिड्दा सास फुलेको झै हुन्छ । कहिले काँही भारी भएर छाती दुख्ने पनि हुन्छ । मुटुमा कुनै समस्या भएमा मुटुका रोगीहरुलाई छाती तथा काँधमा पिडा हुने गर्छ । र, यो दुखाई क्रमश हाततिर सर्दै जान्छ ।

. मुटु उपचारमा बिरामीहरु कतिको सजग छन् ?

पहिलेको तुलनामा मुटु उपचारमा नागरिकहरु सचेतना बढ्दै गएको छ । स्वास्थ्य वीमाले पनि बिरामीको आर्थिक भारलाई भरथेक गरेकाले पनि मुटुमा समस्या आउना साथ अस्पताल आउने गरेको पाइएको छ । तर अझै प्रभावकारी हुन सकेको छैन् । समस्या जटिल भइसकेपछि मात्रै अस्पताल आउने गरेको पाइएको छ ।

. भेरी अस्पतालको मुटु रोग विभागले दिने सेवा के कस्ता छन् ?

इको, इसिजी, टिएमटीलगायतको सेवा दिइरहेका छौं । ह्रदयघात भएको व्यक्तिको एनजियोग्राफी, न्यून धड्कन भएकालाई टेमपरी पेसमेकरलगायतको सेवा पनि दिइरहकै छौं । त्यस्तै सिंगल चेष्ट पेस्मेकर पनि राख्ने गरिएको छ ।

. मुटुमा देखिने समस्याबाट जोगिने उपाय के हो ?

सबैभन्दा पहिले त हाम्रो आनिवानीलाई सुधार्नु पर्यो । नियमित व्यायम गर्नु पर्यो । सागपात बढी खानु पर्यो । चिल्लोपिरो र तारेका खानेकुराको मात्रा घटाउँदै जानु पर्यो । स्वस्थप्रदक खाने कुरालाई प्राथमिकता दिनु पर्यो । जंकफुड खानु भएन् । र, आफ्नो स्वास्थ्यलाई नियमित चेकजाँच गर्नु पर्यो । मुटु रोग लाग्ने प्रमुख कारण भनेको तनाव पनि हो । त्यसैले, मुटु रोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ ।

 

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech