नेपालगन्जः बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११६ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा १० र मेडिकल कलेज कोहलपुरमा २ र बागेश्वरी ल्याबमा ३ जना गरि १५ जनामा भाइरस संक्रमण देखिएको हो ।
ती मध्य बाँकेका ६ जना छ्न । यो संगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २१० पुगेको छ ।
उपचार गराइरहेका मध्ये ४ जनाको अवस्था गम्भीर छ भने ३ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ ।