नेपालगन्जः नेपालगन्जमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलि बुधवार दिइने भएको छ ।
पहिलो मात्रा लगाएकालाई कोरोना विरुद्धको भेरोसेलको दोस्रो मात्रा दिइन लागिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले जानकारी दिनुभयो । भोलि विहान १० बजेदेखि रामलिला मैदानको बाल मन्दिरमा खोप लगाउने स्थान निर्धारण गरिएको पनि बस्नेतले जानकारी दिनुभयो ।
खोप लगाउन जाँदा खोप कार्ड अनिर्वाय गरिएको छ ।