नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँके कोहलपुरका एकजना पुरुषको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा आज विहान मृत्यु भएको हो । उनलाई भदौ ८ गते कोभिड संक्रमण पुष्टि भएका थियो । उनी १० गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३० पुगेको छ ।