बर्दिया: नेपालगन्जमा रहेको फूल गस्पल टेवरनकल चर्चले बर्दिया अस्पताल,जोशिपुर गाउँपालिका कैलाली र भजनी नगरपालिका कैलालीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि चर्चले बर्दिया अस्पताललाई करिब ३ लाख ९० हजार, जोशिपुर गाउँपालिका कैलाली र भजनी नगरपालिका कैलालीलाई २ – २ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । भजनी नगरपालिका अन्र्तगत रहेको प्राथमिक स्वास्थ्य केन्द्र भजनीको लागि उक्त स्वास्थ्य सामग्री दिईएको हो ।
एफजिटिले बर्दिया अस्पताललाई १ सय सेट पीपीइ, ८ हजार थान मास्क, ग्लोब्स ३ हजार थान र सेनिटाइजर २ सय ८० थान सहयोग गरेको हो । यस्तै जोशिपुर गाउँपालिका र भजनी नगरपालिका कैलालीलाई समान पाँच हजार थान मास्क, एकहजार जोडी ग्लोब्स, सेनिटाइजर ३०० पिस र ७५ सेट पीपीइ सहयोग गरेको एफजिटिका पास्टर रमेश भण्डारीले जानकारी दिनुभयो ।
नयाँ भेरियन्ट सहितको कोभिडका बिरामीका लागि अत्यावश्यक भएको स्वास्थ्य सामग्री सहयोग गरेको उहाँले बताउनुभयो । यसअघि एफजिटिले टिकापुर अस्पताल, भेरी अस्पताल, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।