एफजिटिद्धारा ८ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७८, सोमबार

बर्दिया: नेपालगन्जमा रहेको फूल गस्पल टेवरनकल चर्चले बर्दिया अस्पताल,जोशिपुर गाउँपालिका कैलाली र भजनी नगरपालिका कैलालीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि चर्चले बर्दिया अस्पताललाई करिब ३ लाख ९० हजार, जोशिपुर गाउँपालिका कैलाली र भजनी नगरपालिका कैलालीलाई  २ – २ लाख बराबरको  स्वास्थ्य सामग्री सहयोग गरेको हो । भजनी नगरपालिका अन्र्तगत रहेको प्राथमिक स्वास्थ्य केन्द्र भजनीको लागि उक्त स्वास्थ्य सामग्री दिईएको हो ।

एफजिटिले बर्दिया अस्पताललाई १ सय सेट पीपीइ, ८ हजार थान मास्क, ग्लोब्स ३ हजार थान र सेनिटाइजर २ सय ८० थान सहयोग गरेको हो । यस्तै जोशिपुर गाउँपालिका र भजनी नगरपालिका कैलालीलाई समान पाँच हजार थान मास्क, एकहजार जोडी ग्लोब्स, सेनिटाइजर ३०० पिस र ७५ सेट पीपीइ सहयोग गरेको एफजिटिका पास्टर रमेश भण्डारीले जानकारी दिनुभयो ।

नयाँ भेरियन्ट सहितको कोभिडका बिरामीका लागि अत्यावश्यक भएको स्वास्थ्य सामग्री सहयोग गरेको उहाँले बताउनुभयो । यसअघि एफजिटिले टिकापुर अस्पताल, भेरी अस्पताल, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech