कोभिड संक्रमणकै कारण सन्तानको योजना बनाउन डराउनुभएको छ ? (भिडियो सहित)

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७८, आईतवार

नेपालगन्ज: गर्भावस्था स्वाभाविक रूपमा संवेदनशील हुन्छ, त्यसमा पनि अहिले कोभिड–१९ संक्रमणको समयमा यस्तो बेला के गर्ने–के नगर्ने भन्ने दुविधा हुनु स्वाभाविक हो । गर्भावस्थाको यो बेला शारीरिक र मानसिक रूपमा गर्भवतीलाई सबल बनाइराख्नु जरुरी हुन्छ ।

लकडाउनका कारण सार्वजनिक सवारी ठप्प छ । अस्पतालहरू खुला छन्, तर त्यहाँसम्म पुग्ने बाटो बन्द छ । यसको मार गर्भवती महिलालाई परेको छ। नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.अंकुर भण्डारीका अनुसार अहिले गर्भवती महिलाहरु मलाई संक्रमण पुष्टि भए के होला ? मलाई भए पेटको बच्चामा समस्या हुने हो कि? यी यस्ता कुराहरु सोचेर दुविधामा परेको भेटिन्छन् ।

डा.भण्डारीले गर्भवती महिलाले स्वास्थ्य सावधानी अपनाउने हो भने कोरोना भाइरस संक्रमणबाट बच्न सकिने र संक्रमण पुष्टि भईहाल्यो भनेपनि संक्रमण जित्न सकिने बताउनुहुन्छ । संक्रमण तिब्र भएको यो समय अस्पताल जानुअघि सकेसम्म एकपटक चिकित्सकसँग सल्लाह गर्न उहाँ आग्रह गर्नुहुन्छ ।

यस्तै कोभिड संक्रमणको यो बेला धेरैजना सन्तानको योजना बनाउन समेत डराईरहेको भन्दै त्यस्तो डराउनपर्ने केही नरहेको उहाँ बताउनुहुुन्छ ।
कोरोना भाइरस संक्रमणको यो समय गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी दिनुहुदै स्त्री रोग विशेषज्ञ डा.अंकुर भण्डारी

डा.भण्डारी नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech