बाँकेका अस्पतालमा थप तीनजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र आर्मी अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-७ का ४४ वर्षिय पुरुष, मोतिपुर-८ सुर्खेत (हाल बासगढी बर्दिया) का ५३ वर्षिया महिला र कोहलपुर नगरपालिका-११ का ४१ वर्षिया महिला हुनुहुन्छ ।

नेपालगन्ज ७ का ४४ वर्षिय पुरुष र कोहलपुर ११ का ४१ वर्षिया महिलाको मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै मोतिपुर-८ सुर्खेतका ५३ वर्षिया महिलाको सैनिक अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

उहाँको स्वास्थ्यमा समस्या आएपछि बैशाख २७ मा कोभिड परीक्षणका लागि श्वाब लिईएको थियो । बैशाख ३० मा कोभिड संक्रमण पुष्टि भएका उहाँको आज ९:०५ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका १७७ जना र जिल्लाकै २३१ जनाको मृत्यु भईसकेको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech