गण्डकीमा थप २३ जनाको मृत्यु, बैशाखमा मात्र १३४ जना कोभिड संक्रमितले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

पोखरा: कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा बैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएकोे छ ।

संक्रमण तिब्र रुपमा फैलदा मृत्युदर समेत निरन्तर उकालो लागेको हो । प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशमा थप २३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएपछि संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या ३४१ पुगेको जनाएको छ ।

पोखरामा उपचाररत १९ जना बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।आज ६८० जनामा संक्रमण पुष्टि भएपछि प्रदेशभर हालसम्म कोभिड पुष्टि हुनेहरुको कुल संख्या २६ हजार ६३३ पुगेको छ ।

 

 

 

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech