नेपालगन्ज : कोभिड संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप ३ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्दका अनुसार नेपालगन्ज उपमहानगरपालिका २० बाँकेका ५० वर्षिय पुरुष , टिकापुर ७ कैलालीका ५६ वर्षिया महिला र बैजनाथ गाउँपालिका ६ बाँकेका ६२ वर्षिय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।
यो संगै कोभिड संक्रमणका कारण बाँके जिल्लामा उपचारका लागि बाहिरबाट आएका १६४ र जिल्ला कै २१६ जनाले ज्यान गुमाइसकेका छन् ।