थप दुई हजार भाइल रेमडिसिभिर नेपाल भित्रियो

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०७८, सोमबार

काठमाडौं: कोरोना भाइरस संक्रमित गम्भीर बिरामीहरुको उपचारमा प्रयोग भैरहेको रेमडिसिभिर इन्जेक्सन थप दुई हजार भाइल नेपाल भित्रिएको छ।

वेज इन्टरनेशनल प्रा.लि ले एसीआई लिमिटेड बंगलादेशबाट उत्पादित दुई हजार भाइल रेमडिसिभिर औषधि आयात गरेको औषधी व्यवस्था विभागले जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै बिरामीको विस्तृत विरण, अस्पतालबाट जारी हुने प्रेसकिप्सन तथा सिफारिस र औषधि लिन जाने व्यक्तिको परिचय पत्र सहित आयातकर्तासँग सम्पर्क गर्न आग्रह गरेको छ।

यसरी वितरण भएको रेमडिसिभिर औषधिको अद्यावधिक वितरण सम्बन्धित आयातकर्ता र अस्पतालले अनिवार्य रुपमा गुगल फर्ममा पेश गर्न विभागले सूचना मार्फत जानकारी गराएको छ ।

हेर्नुहोस् विभागले जारी गरेको सूचना

 

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech