कोरोनामा गेरुवाको पौने दई करोड खर्च

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

 

बर्दिया ०८, साउन ।
बर्दियाको गेरुवा गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा करिव पौने दुई करोड रकम खर्च गरेको छ । कोरोना भाईरस संक्रमणका लागि जारी बन्दाबन्दीको समयमा विभिन्न व्यवस्थापन तर्फ गेरुवा गाउँपालिकाले झण्डै १ करोड ७० लाख बराबर रुपैयाँ खर्च गरेको जनाएको छ । कोरोना व्यवस्थापनका लागि २ करोड १० लाख रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म १ करोड ७० लाख रुपैयाँ बराबर खर्च भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पँगेनीले जानकारी दिनुभयो ।
बन्दाबन्दीको समयमा नेपालका विभिन्न जिल्ला, भारत तथा तेस्रो मुलुकबाट आएका करिब १५ सय जनाको व्यवस्थापन र राहत वितरणका कार्यक्रमहरुमा सो रकम खर्च भएको अधिकृत उहाँको भनाइ छ । स्वास्थ्यकर्मिहरुलाई मात्रै २० लाख प्रोत्साहन भत्ता वितरण गरिएको छ।त्यस्तै यो जोखिमपूर्ण समयमा पालिकाले झण्डै २२ सय घरपरिवारलाई ४२ लाख बराबरको खाद्यान्न राहत सामाग्री वितरण गरेको छ ।

यसबाहेक पालिकाले क्वारेन्टाईनका लागि खाना,स्वास्थ्य सामाग्री,पिउने पानी,यातायात लगायतका विभिन्न कार्यमा छुट्टा छुट्टै खर्च गरेको र बाँकी रकम खातामै जम्मा रहेको अधिकृत पँगेनीले बताउनुभयो ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech