ऐश्वर्याकी आमा छोरीमा पनि कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २८ असार २०७७, आईतवार

काठमाडौं २८, असार ।
बलिउड अभिनेत्री ऐश्वया राय बच्चन र उहाँकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो।

जया बच्चनको भने दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ नै देखिएको छ। यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ। बरिष्ठ अभिनेता अमिताभ बच्चन र उहाँका छोरा अभिषेक बच्चनलाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

७७ वर्षका अभिताभलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । अमिताभ र अभिषेकलाई कोरोना भाइरसको संक्रमण भएको खबर आएपछि बलिउडका धेरै कलाकारहरुले उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • २८ असार २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech