गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ७ असार २०७७, आईतवार

पोखरा ०७, असार ।
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको हो । बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाग्लुङमा ९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा ४ जना थपिएका हुन् ।

पर्वतमा २ र तनहुँमा १ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकीका ५०४ जना सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि हिजो मात्रै गण्डकीमा १०८ जना सङ्कमित थपिएका थिए ।

  • ७ असार २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech