पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ पुष २०७७, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज १६, पुष ।
कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको मृत्यु भएको छ।

साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उहाँ विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो ।

तनहुँ घर भएका उहाँ विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भइ आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोतले भनेको छ ।

कोभिडको कारण ज्यान गुमाउने उहाँ छैठौ व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

 

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech