नमूना संकलन गर्दा हालको ठेगाना लेख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १५ पुष २०७७, बुधबार

तस्बिर:फाइल

काठमाडौं १५, पुष ।

कोरोना परीक्षणका लागि नमूना संकलन गर्दा व्यक्तिहरुको हालको ठेगाना लेख्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सहि ठेगाना उल्लेख नहुँदा कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई सम्पर्क गर्न कठिनाई भएपछि हालकै ठेगाना उल्लेख गर्न मन्त्रालयले भनेको हो ।

नमूना संकलन गर्दा सहि ठेगाना उल्लेख नहुँदा कोरोना पोजेटिभ आएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको खोजी अनुसन्धान तथा र स्थान विशेष पहिचान गर्न कठिनाई भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

सहि ठेगाना नभएकै कारण संक्रमितसँग सम्पर्क हुन नसकेपछि स्वास्थ्य मन्त्रालयले सबै प्रयोगशाला, अस्पताल र सम्बन्धित निकायहरुलाई नमूना संकलनकै समयमा स्वाब दिएका व्यक्तिहरुको हालको बसोबासको ठेगाना उल्लेख गर्न समेत निर्देशन दिएको डा गौतमले जानकारी दिनुभयो ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech