मेडिकल कलेज कोहलपुरमा ७३ वर्षीय संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ पुष २०७७, मंगलवार

कोहलपुर १४, पुष ।
कोरोना भाइरस संक्रमणबाट सुर्खेतका एकजनाको उपचारका क्रममा मंगलवार बाँकेमा मृत्यु भएको छ । सुर्खेत लेकवेशी-९ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी पुष १२ गते अस्पतालको प्रि आइसोलेसन वार्डमा भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा १३ गते रिपोर्ट पोजेटिभ आयो ।

उनको आज विहान ४ः३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज वलीले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ७६ जना संक्रमितको मृत्यु भएको छ ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech