क्वारेन्टिनमा मृत्यु भएका युवकको पिसिआर ‘नेगेटिभ’

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०७७, सोमबार

डोटी २६, जेष्ठ ।
आइतबार डोटीको केआई सिंह गाउँपालिकामा क्वारेन्टिनभित्रै मृत्यु भएका १९ वर्षे युवकको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ। उनको पिसिआर नतिजा नेगेटिभ आएको धनगढीस्थित प्रयोगशालाले जनाएको छ।

मृतक युवाको कोरोना परीक्षणका लागि आइतबार नै स्वाव संकलन गरी धनगढी पठाईएको थियो। मृतक युवा भारतबाट आएर जेठ २० गतेदेखि सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा थिए। आइतबार बिहान ३ बजे उनको क्वारेन्टिनभित्रै मृत्यु भएको थियो। केआई सिंह गाउँपालिका वडा नं ३ दल्ल स्थायी घर भएका मृतक युवालाई झण्डै १२र१३ वर्षदेखि मुटु सम्बन्धी रोगको समस्या भएको परिवारले जनाएको छ ।

यतिञ्जेल प्रहरीले निगरानीमा राखेको मृतक युवाको शव अन्त्येष्टिका लागि अब परिवारको जिम्मा दिइने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । सो क्वारेन्टाइनमा रहेका ३ महिला सहित ११ जनाको स्वाव धनगढी पठाईएकोमा मृतक युवा बाहेक अरुको नतिजा आएको छैन ।

  • २६ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech