दैलेख बन्यो कोरोनाको इपिसेन्टर, मुगुमा पनि कोरोना

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार

दैलेख २२, जेष्ठ ।
दैलेखमा मात्रै आज १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा दैलेखका १०५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै मुगुका एक जनामा पनि कोरोना पोजेटिभ पाइएको छ। मुगुमा पहिलो पटक कोरोना पोजेटिभ देखिएको हो । योसँगै कर्णाली प्रदेशमा एकै दिन १ सय ६ जनामा कोरोना पोजेटिभ पाइएको हो। प्रतिष्ठानका अनुसार मुगको खत्याड गाउँपालिकामा पहिलो पटक १ जनामा कोरोना पोजेटिभ देखिएको छ। दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिलामा संक्रमण रहेको पुष्टि भएको छ।

यस्तै देवलकाडाँका गाउँपालिकाका १२ पुरुष,सोतका ९ पुरुष, मानटाकुराका ७ पुरुष, साडुका २ पुरुष, भगनीका ५ पुरुष र बास्कोटका १ पुरुष गरी १ सय ५ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech