काठमाडौं ५, कात्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैं बिदामा पनि कोभिड-१९ अस्पतालहरु आवश्यकता अनुसार सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैंका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने बताउनु भएको हो ।
उहाँले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दसैं बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताउनुभयो।