डोटीमा कोरोनाबाट पहिलो व्यक्तीको मृत्यु, संक्रमणबाट कांग्रेस नेताको निधन

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

डोटी ५, कात्तिक ।

कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ । नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उहाँको बुधबार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति हुनुहुन्छ । डोटीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७२ पुगेको छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech