भेरी अस्पतालमा बर्दियाका ४२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७७, आईतवार

नेपालगन्ज २, कात्तिक ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित एकजनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–६ का ४२ बर्षीय पुरुषको उपचारका क्रममा आइतवार विहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले असोज १५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा स्वाव दिएका थिए । १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । डेंगुको संक्रमण समेत रहेका ती पुरुषको ११ दिन कोहलपुरमै उपचार गरिएको थियो ।

भेन्टिलेटर सहितको थप उपचारका लागि उनलाई २७ गते भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । उनलाई पलाज्मा थेरापीबाट समेत उपचार गरिएको थियो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech