कोरोना संक्रमित १५ बर्षीय बालकको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • २३ आश्विन २०७७, शुक्रबार

कोहलपुर २३, असोज ।
कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरमा उपचारका क्रममा घोराही उपमहानगरपालिका ३ गोग्ली दाङका १५ बर्षीय बालकको शुक्रबार राती ८ः ३५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती बालकलाई असोज १९ गते अस्पताल पुर्याइएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको कोरोना परीक्षण गर्दा २० गते रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई त्यसैदिन कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा समेत सुधार नभएको अस्पताललाई उध्रृत गर्दै बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १२ जनाको मृत्यु भएको छ । भने दाङमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनलाई कडा खाले कोभिड भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech