कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतक संख्या ५९० पुग्यो

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७७, बिहीबार

तस्विरः फाइल

काठमाडौं २२, असोज ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार मृत्यु हुनेमा चार महिला र आठ पुरुष छन्। सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ वर्षीय पुरुष तथा ७९ वर्षीया महिला, ललितपुरकी ७३ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला, चितवनका ८१, ९१ र ८१ वर्षीय तीन पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

  • २२ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech