स्वास्थ्यमा निराशाजनक बजेट

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७७, शुक्रबार

नेपालगन्ज १६ जेष्ठ ।

कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बढ्ने अपेक्षा थियो। विज्ञहरुले पनि विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार नै कुल बजेटको १० प्रतिशते हाराहारीमा आउने अनुमान गरेका थिए।

तर, बजेटले फेरि जनस्वास्थ्य विज्ञलाई निराश बनाएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले कूल बजेटको जम्मा ६ दशमलव १५ प्रतिशत बजेट छुट्याएको छ। यो चालु आर्थिक वर्षको बजेटभन्दा १ दशमलव ६६ प्रतिशत मात्र बढी हो।

सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ। उक्त बजेटमा स्वास्थ्य क्षेत्रका लागि सरकारले ९० अर्ब ६९ करोड रुपैयाँ छुट्याएको छ।

बजेटको अंकको आधारमा आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षमा भन्दा २१ अर्ब ९१ करोड रुपैयाँ बढी हो। तर प्रतिशतका हिसाबमा भने कूल बजेटको ६ दशमलव १५ प्रतिशत मात्र हो।

बजेटको प्रतिशतका हिसाबमा हेर्दा आगामी आर्थिक वर्षको बजेट पछिल्लो ७ वर्षको भन्दा बढी हो। तर पछिल्लो १२ वर्षको तथ्यांक हेर्ने हो भने आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट आर्थिक वर्ष २०६६/६७ देखि ०६९/७० सम्म विनियोजित बजेट भन्दा कम हो।

  • १६ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech