भेरीमा उपचाररत् संक्रमितलाई परिवारले काठमाडौं लगे

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७७, आईतवार

तस्विरः सांकेतिक

नेपालगन्ज १८, असोज ।
भेरी अस्पताल नेपालगन्जको कोभिड आइसोलेसन वार्डमा उपचाररत् बाँकेका एकजना कोरोना संक्रमितलाई थप उपचारका लागि परिवारले काठमाडौं लगेको छ । असोज ११ गते कोरोना संक्रमण पुष्टि भएका खजुराका २८ बर्षीय युवक दुई दिन होमआइसोलेसनमा बसेका थिए ।

स्वास्थ्यमा असजिलो महसुस भएपछि खजुरा गाउँपालिकाको समन्वयमा उनलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । पछिल्ला पाँच दिनदेखि उनलाई वान्ता र पखाला भइरहेको छ । अवस्था गम्भीर आउन सक्ने जोखिम देखेपछि परिवारले उनलाई आज विहान एम्वुलेन्समार्फत काठमाडौं लगेको हो ।

अस्पतालका मेसु डा प्रकाश थापाले विरामीका आफन्तहरुले आफै काठमाडौंमै लगेर उपचार गर्छौ भनेर लगेको बताउनुभयो । ‘अस्पतालले रिफर गरेको होइन उहाँले भन्नुभयो–‘उहाँहरु (विरामीका आफन्त) ले लैजान्छौ भनेर लग्नुभएको हो ।’ संक्रमित विरामीलाई काठमाडौंको हेम्स अस्पतालमा उपचार गर्ने गरी समन्वय गरिएको छ ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech