काठमाडौं १७, असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वाब दिएको दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले बताउनुभएको छ । यस्तै प्रेस सल्लाहकार सुर्य थापाले आफुसँग सम्पर्कमा रहनुभएका सबै व्यक्तीहरुलाइ विशेष सावधानी अपनाउन आग्रह समेत गर्नुभएको छ ।