कोरोना अपडेटः २१२० संक्रमित थपिए, २०४४ डिस्चार्ज, मृत्यु ८

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७७, शनिबार

काठमाडौं १७, असोज ।

पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

  • १७ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech