बाँकेमा कति छन् कोरोनाका सिकिस्त विरामी ?

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

नेपालगन्ज १४, असोज ।
बाँकेमा दुईवटा कोभिड विशेष अस्पताल सन्चालनमा छन् । भेरी अस्पताल नेपालगन्जमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ।

यी दुई अस्पतालमा लक्षण चिन्ह देखिएका विरामीलाई मात्र राखिएको छ । बुधवारसम्म १ सय १२ जना विरामी भर्ना भएका छन् । त्यसमा २१ जना सिकिस्त, ४२ जना मध्यम र ४९ जना सामान्य खालका विरामी रहेका छन् ।

८ वटा आईसीयूसहित ७२ वेड क्षमता रहेको भेरीको कोभिड आइसोलेसन वार्डमा अहिले ६० जना विरामी उपचाररत रहेका छन् । तीमध्ये १८ जनाको अवस्था गम्भीर छ । ३७ जनाको मध्यम छ भने ५ जनाको अवस्था सामान्य रहेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सय वेड क्षमताको कोहलपुर मेडिकल कलेजमा ५२ जना विरामी उपचाररत् छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था मध्य र ४४ जनाको अवस्था सामान्य रहेको पनि फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

लक्षण चिन्ह नभएका विरामीलाई संस्थागत आइसोलेसनमा राख्ने गरिएको छ भने कतिपय होमआइसोलेसनमा पनि बसिरहेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय नाघेको छ ।

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech