जेठको गर्मीसँगै कोरोनाको ग्राफ ह्वात्तै बढ्यो

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७७, सोमबार

काठमाडौं १२ जेष्ठ ।
कुल कोरोना संक्रमित करिव सात सय नजिक पुग्दा जेठ महिनाको १२ दिनमै ४३६ संक्रमित थपिएका छन् । यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालमा माघ ९ गते कोरोनाको पहिलो संक्रमण देखिएको थियो । त्यसयता संक्रमण निकै ढिलो गरी फैलियो । सरकारले चैत ११ देखि कोरोना फैलिन नदिन भन्दै लकडाउन घोषणा गर्‍यो । तर, लकडाउनकै अवधिमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । जेठ १२ गते सोमबार साँझसम्मको तथ्यांक हेर्दा कुल संक्रमितको संख्या ६८१ पुगेको छ । यसरी माघयताका कुल संक्रमति ६८१ मध्ये ४३६ जना यही जेठ महिनामा थपिएका संक्रमितहरु हुन् ।

१२ दिनमै चार जनाको मुत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्यातर्फ विचार गर्दा अहिलेसम्म मृत्युभएका चारैजना यही जेठ महिनाका हुन् । ४३० संक्रमित भेटिँदा चार जनाको ज्यान जानु भनेको भण्डै एक प्रतिशत मृत्युदर यो १२ दिनमा देखिएको छ । जेठ ३ मा सिन्धुपाल्चोककी सुत्केरीको पहिलो मृत्यु भएको थियो भने ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा निधन भएका ७० वर्षका पुरुषको पनि कोरोनाका कारण निधन भएको ८ दिनपछि पुष्टि भएको छ ।

त्यसैगरी बाँकेको क्वारेन्टाइनमा र रुपन्देहीको क्रिमसन अस्पतालका दुई पुरुषको यही साता मृत्यु भएको छ । तथ्यांकलाई हेर्दा अब कोरोना संक्रमणको दर बढ्ने र यसले अझै केही समय नेपालीहरुलाई दुःख दिने सम्भावना देखिन्छन् ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech