धनगढी ७, असोज।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो।
अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भुसालका अनुसार संक्रमण पुष्टि भएका ८ जना अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका हुन्।