२४ घन्टामा १५ सय ३९ संक्रमित, १ हजार ६८ जना डिस्चार्ज, ८ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७७, बुधबार

काठमाडौँ ३१, भदौ ।
नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।

हालसम्म संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । २४ घन्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ४१ हजार ७ सय ६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका प्रवक्ता गौतमले बताउनुभयो ।

२४ घन्टामा १० हजार ४ सय ९४ पीसीआर परीक्षण भएका छन् । थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।

  • ३१ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech