बर्दियाको बाँसगढी बन्यो कोरोनाको ‘हटस्पट’, ५८ जना थपिए

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७७, आईतवार

बर्दिया २८, भदौ ।
बर्दियामा आइतवार ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यसमा बाँसगढी नगरपालिकाका मात्रै ५८ जना छन् । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीका अनुसार ती सबै बाँसगढी स्थित चौधरी ग्रुपको चाउचाउ कम्पनीमा कार्यरत मजदुरहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरु हुन ।

यसअघि उक्त कम्पनीमा कार्यरत ६१ जनामा भाइरस संक्रमण देखिएको थियो । ‘पहिलो लटमा १९ र दोस्रो लटमा ४२ जनामा भाइरस देखिएको थियो गिरीले स्वास्थ्य पेजलाई जानकारी दिँदै भन्नुभयो–‘आज संक्रमण पुष्टि भएका व्यक्तिहरु उनीहरुको सम्पर्कमा रहेका र आफन्तहरु हुन् ।’

बर्दियाका १ सय ९९ जनाको नमूना संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएकोमा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख गिरीले जानकारी दिनुभयो । आइतवार संक्रमण पुष्टि भएकाहरु बाँसगढी नगरपालिकाको वडानम्वर २, ३, ४, ५, ७, ८ र ९ का हुन् भने तीनजना बढैयाताल गाउँपालिकाका हुन् ।

योसँगै बर्दियामा भाइरस संक्रमितको संख्या ५ सय १५ पुगेको छ। ३ सय ३५ जना भने निको भएर डिस्चार्ज भएका छन् । एकजनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech