बाँके खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कक्षपतिलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७७, आईतवार

नेपालगन्ज २८, भदौ ।
बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपतिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँले शनिवार भेरी अस्पतालमा स्वाब दिनुभएको थियो ।

‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हिंजो स्वाव दिएको थिए उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘आज रिपोर्ट पोजेटिभ आएको छ, अहिले आइसोलेसनमा बसिरहेको छु ।’

पाँच दिन अघि ज्वरो, रुघाखोकी र शरिर दुख्ने समस्या भएपछि उहाँ होमआइसोलेसनमा बस्नुभएको थियो । अहिले भने उहाँले आफ्नो अवस्था सामान्य रहेको बताउनुभएको छ ।

जनताको नियमित काममा खटिरहेकै बेला आफुलाई संक्रमण भएको भन्दै उहाँले संक्रमणमुक्त भएलगत्तै फेरि जनताकै सेवामा खटिने विश्वास व्यक्त गर्नुभएको छ ।

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech