लुम्बिनी प्रादेशिक अस्पतालले २५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने

    • स्वास्थ्य पेज

  • २८ भाद्र २०७७, आईतवार

बुटवल २८, भदौ ।

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबारदेखि २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ । अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पीसीआर परीक्षण गर्ने जनाएको छ ।

त्यसैगरी बिरामी र उच्च जोखिममा परेकाका लागि निस्शुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिने अस्पतालका मेसु राजेन्द्र खनालले बताउनुभयो ।

यसअघि अस्पतालले पहिलो पटक ५ हजार ५ रुपैयाँमा परीक्षण भएको थियो भने पछिल्लो समय ४ हजार ४ सय रहेको छ ।

 

 

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech