कोरोना अपडेट :१२०१ संक्रमित थपिए, ८५२ जना डिस्चार्ज, १४ को मृत्यु

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०७७, शनिबार

काठमाडौं २७, भदौ ।

देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिवार थप १२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १७६ नमुना परीक्षण गर्दा १२०१ जना नँया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५३ हजार १ सय २० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । थप १४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।

  • २७ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech