बाँकेमा कति छन् लक्षण चिन्ह देखिएका संक्रमित ?

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्ज २७, भदौ ।
बाँकेमा लक्षण चिन्ह देखिएका कोरोना भाइरस संक्रमितको संख्या सयको हाराहारीमा पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोराना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार अहिलेसम्म उपचारमा रहेका ३ सय ७१ संक्रमित मध्ये ८४ जनामा लक्षण चिन्ह देखिएको हो ।

लक्षण चिन्ह देखिएका ती विरामीको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । भेरी अस्पतालमा ४४ र मेडिकल कलेज कोहलपुरमा ४० जनाको उपचार भइरहेको छ । चिन्ह लक्षण देखिएका संक्रमितमा १३ महिला र ७१ पुरुष रहेका छन् ।

तीमध्ये १० जनाको आइसीयुमा राखेर उपचार भइरहेको छ भने एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । लक्षण चिन्ह नदेखिएका विरामीहरु भने जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएका आइसोलेसनमा बसिरहेका छन् ।

बाँकेमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मुक्त भएर ९ सय ८५ जना घर फर्किसकेका छन् । त्यसमा २ सय ८ महिला छन् भने ७ सय ७७ पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ३ सय ६४ पुगेको छ । योसंख्या विहीबारसम्मको हो । जिल्लामा चार महिला र चार पुरुषगरी ८ जनाको ज्यान गएको छ ।

  • २७ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech