भेरी अस्पतालका दुई जना अब्वल चिकित्सकको सरुवा

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७७, बिहीबार

तस्विर : फाइल

नेपालगन्ज २५, भदौ ।

भेरी अस्पताल नेपालगन्जका दुई जना बरिष्ठ चिकित्सकको एकैपटक सरुवा भएको छ । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.राजन पाण्डे र एनेस्थेसियोलोजिष्ट डा.कृष्णप्रसाद आचार्यको सरुवा भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाण्डेलाई भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ भने आचार्यलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको निर्देशकको जिम्मेवारी दिएको छ । डा. पाण्डे २०६८ साल मंसिर १ गते भेरी अस्पतालमा हाजिर हुनुभएको थियो । ११ औं तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसयन डा. पाण्डे पश्चिम नेपालकै अव्वल फिजिसियनका रुपमा कहलिनुभएको छ ।

खासगरी पश्चिम नेपालका थारु समुदायमा सिकलसेल एनिमिया पत्ता लगाएर त्यसलाई जनस्वास्थ्य समस्याकै रुपमा उजागर गर्ने श्रेय डा. पाण्डेलाई जान्छ । जहाँ अहिले सयौ सिकेलसेलका विरामीले एकलाख सम्मको उपचार खर्च राज्यबाट पाउँदै आएका छन् ।

यस्तै भेरी अस्पतालमा एनेस्थेसियोलोजिष्टका रुपमा कार्यरत डा.आचार्य सर्पदंशका विरामीको उपचारमा अव्वल मानिनुहुन्छ । उहाँकै कारण क्रिटिकल केसका कैयौ विरामीको ज्यान जोगिएको छ । २०७२ साल साउन १५ गते भेरी अस्पतालमा उहाँ कार्यरत् रहदै आउनुभएको थियो ।

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech