संक्रमितको संख्या ५० हजार कट्यो, आज १२४६ थपिए

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७७, बिहीबार

काठमाडौं २५, भदौ ।
नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १ हजार २ सय ४६ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ डिस्चार्ज भएका छन् ।

हालसम्म गरेर ३५ हजार ७ सय संक्रमित संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा १ सय ६५ संक्रमित उपचाररत छन् । भने भेन्टिलेटरमा २१ जना संक्रमितको उपचार भैरहेको छ ।

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech