भेरीमा ७२ बेडको कोरोना विशेष अस्पताल संचालन

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०७७, बिहीबार

नेपालगन्ज २५, भदौ ।
भेरी अस्पताल नेपालगञ्जमा कोरोना विशेष अस्पताल सुरु भएको छ । कोरोना विशेष अस्पतालको प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले विहीबार उद्घाटन गर्नुभएको छ ।

८ बेड आइसियुसहित ७२ बेडको कोरोना विशेष अस्पताल संचालनमा ल्याइएको अस्पतालका मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो । कोरोना विशेष अस्पतालमा लक्षण देखिएका कोरोना पोजिटिभलाई मात्रै राखिन्छ । अस्पतालका हरेक बेडमा अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ । कोरोना विशेष अस्पतालमा करिव सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

भेरीमै कोरोना विशेष अस्पताल संचालन भएपछि खजुराको क्यान्सर अस्पतालको कोरोना विशेष सेवा यतै सारिएको मेसु डा. थापाले जानकारी दिनुभयो । कोभिड अस्पतालको उद्घाटन अवसरमा बोल्दै मन्त्री बरालले कोरोनाविरुद्धमा प्रदेश सरकार लागि परेको बताउनुभयो ।

उहाँले कोरोना रोकथाम, नियन्त्रण र निदानका लागि प्रदेश सरकारले पूर्णरुपमा साथ दिने बताउनुभयो । प्रदेश सांसदहरु आइपी खरेल, विजयबहादुर यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीलगायतको उद्घाटनमा उपस्थिति थियो ।

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech