बाँकेमा एकैदिन ७३ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७७, बुधबार

नेपालगन्ज २४, भदौ ।
बाँकेमा थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जले बुधवार दोस्रो पटक जारी गरेको सूचना अनुसार, थप एक सय नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।यस्तै कोहलपुरको बागेश्वरी ल्यावमा गरिएको परीक्षणमा दुईजना संक्रमित फेला परेका छन् ।

यसअघि बुधबार अपरान्ह भेरी अस्पतालद्धारा जारी सूचनामा ५२ जनामा भाइरस संक्रमण देखिएको थियो । एकैदिन बाँकेमा ७३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । अहिले साँझ ८ बजे अस्पतालले जारी गरेको सूचनामा कोहलपुरका धेरै संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरबाट लिइएको नमुनामध्ये ९ जनामा पोजेटिभ रिपोर्ट आएको छ । तीमध्ये अधिकांश विरामी र विरामीसँग आएका आफन्तहरु रहेका छन् ।

धेरैजस्तो विरामी शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत् थिए । उनीहरुलाई कोहलपुर सिफ्ट गर्ने क्रम सुरु भएको मेडिकल कलेजले जानकारी दिएको छ ।

आज थपिएका संक्रमितसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ पुगेको छ । ९ सय १५ भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech