कोरोना अपडेट : १०८१ थपिए, ९१८ जना डिस्चार्ज, थप ६ को मृत्यु

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७७, बुधबार

काठमाडौं २४, भदौ ।
देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधवार थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा देशभर १०८१ नँया संक्रमित फेला परेका हुन्।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ। कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech