स्वास्थ्यकर्मीले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७७, बुधबार

नेपालगन्ज २४, भदौ ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण संस्थागत तथा सामुहिक रक्तदान गर्ने क्रम कम भइरहेका बेला रगत अभाव हुन नदिन युनियनले रक्तदान कार्यक्रमको आयोजना गरेकोे युनियनका अध्यक्ष मुनिम खाँनले जानकारी दिनुभयो ।

रक्तदान नै जीवन दान हो भन्ने मुलमन्त्रका साथ कार्यक्रम गरिएको उहाँको भनाइ छ । क्षेत्रीय रक्तसंचार केन्द्रसंगको समन्वयमा गरिएको रक्तदानमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतले रक्तदान गरेका सचिव अनिता थापाले बताउनुभयो ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech