बाँकेमा डाक्टर, आर्मिसहित आज ७७ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७७, बुधबार

नेपालगन्ज २४, भदौ ।
बाँकेमा डाक्टर, आर्मीसहित आज ७७ जना डिस्चार्ज हुन लागेका छन् । डिस्चार्ज हुनेमा भेरी अस्पताल नेपालगन्जका एकजना डाक्टर र कोहलपुरस्थित कौशिल्या नगर व्यारेकका ५१ जना नेपाली सेना छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनीहरुमा भदौ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु १४ दिन आइसोलेसनमा बसेर आज डिस्चार्ज हुन लागेका हुन् । बाँकेमा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७२ पुगिसकेको छ ।

अहिले जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा ३ सय ५० जना बसिरहेका छन् । कोरोना संक्रमणबाट बाँकेमा ८ जनाले ज्यान गुमाइसकेका छन् ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech