सुदूरपश्चिममा संक्रमित संख्या ६१२४, मृत्यु ११ र डिस्चार्ज ५३१२

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

धनगढी २३, भदौ ।

सुदूरपश्चिममा मंगलवार १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जवकी सोमवार ७३ जना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तीन प्रयोगशालामा गरि एक हजार १० जनाको स्वाव परिक्षण गरिएको छ । ती मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो।सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८८ जनाको परिक्षण गरिएकोमा कंचनपुरका ६ र कैलालीका ४ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा धनगढी ८ कैलालीका २ जना, लम्कीचुहाका २ जना रहेका छन्। यसैगरी कंचनपुरको भिमदत्त नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ।

यस्तै सुदूरपश्चिम प्रदेशमा थप ३४ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले मंगलवार बझाङबाट २४, कञ्चनपुरबाट चार, दार्चुलाका चार र सेती प्रादेशिक अस्पतालबाट दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

योसंगै प्रदेशमा पाँच हजार तीन सय १२ संक्रमितले कोरोना जितेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय २४ पुगेको छ। संक्रमण पुष्टि भएका ११ जना संक्रमितको मृत्यु भईसकेको छ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech