मृत्युपछि ८० बर्षीया महिलामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज २३, भदौ ।

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१६ का ८० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । मृत्युपछि ती महिलामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी आइतवार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन् । उनको सोमवार स्वाव संकलन गरि परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो ।

उनको मंगलवार दिउँसो रिपोर्ट पोजेटिभ आएको थियो । तर ती महिलाको मृत्यु भने मंगलवार विहान ७ बजेतिर नै भइसकेको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित रहेको चिकित्सकहरुले बताएका छन् ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech