अर्घाखाँचीका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज २३, भदौ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् अर्घाखाँचीका कोरोना संक्रमितको मंगलवार मृत्युभएको छ । अर्घाखाँची शितगंगा नगरपालिका–१२ का ४२ बर्षिय पुरुषको विहान सवा ९ बजे मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

साउन २७ गते ट्रिपर दुर्घटनामा परी घाइते भएका थिए । युनिर्भसल मेडिकल कलेज भैरहवामा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भदौ ४ गते नमुना लिइएको थियो र भोलीपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई भीम अस्पताल भैरहवा पुर्याइएको थियो ।

त्यहाँ पाँच दिनसम्म पनि अवस्था सुधार नभएपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । उनी भदौ ११ गते अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको आज विहान मृत्युभएको हो ।

योसँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बाहिर जिल्लाका तीनजनाको मृत्युभएको छ । यसअघि अछाम र कैलालीका एक–एकजनाको मृत्यु भएको थियो ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech