नेपालगन्ज २१, भदौ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षण ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बाँके र बर्दियामा ठूलो संख्यामा भाइरस संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा संक्रमितको संख्या थपिएको छ ।
बाँकेमा ३८ जना थपिँदा राजनीतिक दलका नेता, डाक्टर र प्रहरी पनि परेका छन् । बर्दियामा बाँसगढी नगरपालिकामा ठूलो संख्यामा संक्रमित थपिएका छन् ।
बाँसगढीमा रहेको सिजी ग्रुपमा कार्यरत कर्मचारीमा भाइरस संक्रमण देखिएको छ।